दुई पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध ३१ करोडको भ्रष्टाचार मुद्दा


काठमाडौं–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जना पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध ३१ करोडको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ।

अख्तियारले तत्कालिन महिला, बालवालिका तथा समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्रीप्रसाद न्यौपाने र पूर्व श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरूङ समेत १४ जनाले ३१ करोड ५२ लाख हिनामिना गरेको दाबी गर्दै असुल हुनुपर्ने मागसहित मुद्दा दायर गरेको हो।

अख्तियारले समाज कल्याण परिषद्का तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, परिषद्का तत्कालिन कोषाध्यक्ष कुञ्‍ज बिहारी प्रसाद चौधरी, समाज कल्याण परिषद्का तत्कालिन सदस्यहरु हरि न्यौपाने, मोहनराज शर्मा, मदन कुमार लाल कर्ण र सदस्य सचिव ई रविन्द्र कुमार लगायतविरुद्ध मुद्दा दायर गरेको हो।

न्यौपाने मन्त्री हुँदा २०६९ साल भदौ २० गते प्रतिमहिना ५ लाख ५५ हजारमा रुपैयाँमा १५ वर्षका लागि सो जग्गा भाडामा दिने निर्णय गरेका थिए। अख्तियारले त्यति रकममा भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा दिँदा प्रतिमहिना प्रतिरोपनी जग्गामा ९ हजार २ सय ५० रुपैयाँ घाटा भएको भन्दै मुद्दा दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement