बाटो सिफारिस दिन १५ हजार घुस लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाण्डु – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडाध्यक्ष उजेर अलीले घर बाटो सिफारिस दिन सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएपछि सोमबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीविरूद्ध १५ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(क) उपदफा १(क) बमोजिम कैदा सजाय बिगो बमोजिम जरिवाना माग गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement