नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएका सिनियर अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाण्डु – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा सिनियर अहेव दुर्गाप्रसाद भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

स्याङ्जाको गल्याङ नगरपालिकाका अहेव भट्टराईले एलएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नेपाल सरकारअन्तर्गत ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति भई तह–तह हुँदै सिनियर पदसम्म बढुवा भई ओहदा, लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीविरुद्ध बिहीबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरी घिमिरेले एसएलसी तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा अहेव भट्टराईले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट जारी भएको हाइस्कूल तहको नक्कली प्रमाणपत्र पेश गरी सरकारी सेवा प्रवेश गरेको पुष्टि हुन आएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जनाइएको छ ।

उनीमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिमको कैद र जरिवाना हुन मागदावी गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement