कटहरिया नगरपालिकाका मेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कटहरिया नगरपालिकाका मेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख (मेयर) अजय प्रकाशसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष २०७८/०७९ मा टायल्सको काममा कमसल कार्य गरी अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरूले १२ लाख ५२ हजार रूपैयाँभन्दा बढी अनियमितता गरेको आयोगको ठहर छ । आरोप पत्रमा प्रकाशसहित उपमेयर रीता देवी, प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनीयर राजेशकुमार साह, योजना शाखा प्रमुख राम नरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिश विक्रम शाह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल र इन्जिनीयर मो. मकसुद आलमलाई प्रतिवादी बनाइएको छ ।

बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहलाई पनि प्रतिवादी बनाइएको छ ।