एमाले सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एमाले सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भवन निर्माणमा अनियमितता गरेको आरोपमा सत्तारुढ दल नेकपा एमालेका मधेश प्रदेशसभा सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनी समेतविरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ठाकुर धनुषाको प्रदेशसभा निर्वाचन क्षेत्र ३(२) बाट निर्वाचित सांसद हुन् । उनी मधेश प्रदेश सभामा एमाले संसदीय दलका उपनेता समेत रहेका छन् ।