नवीन घिमिरेलाई अख्तियारको कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारी


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नवीनकुमार घिमिरेले कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी पाएका छन् । अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले घिमिरेले बुधवारबाट आयोगको कामु प्रमुखको जिम्मेवारी पाएको पुष्टी गरे ।

पुर्व गृह एंवम् रक्षासचिवजस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालेका घिमिरे २०७१ चैत १९ मा अख्तियारको आयुक्त नियुक्त भएका थिए । हालका प्रमुख आयुक्त दीप बस्न्यातले उमर हदका कारण मंगलवार अवकास पाइसकेका छन् । उनको गत माघ २९ मै बिदाइ भइसकेको छ ।

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ को दफा २० को कानुनी व्यवस्थाबमोजिम घिमिरेलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement