एकैसाथ सीआईबीका ४ इन्सपेक्टरलाई हटाइयो


काठमाण्डु- केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत रहेका ४ प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई एकैसाथ हटाइएको छ । सीआईबीमा कार्यरत रन्जित लामा, सुरेश खत्री, वकिल सिंह र कृष्ण श्रेष्ठलाई हटाइएको हो ।

जसअनुसार इन्सपेक्टर लामालाई प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ। त्यस्तै इन्सपेक्टर खत्रीलाई प्रहरी हेडक्वाटरमा सरुवा गरिएको छ । त्यस्तै इन्सपेक्टर श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको हो ।

त्यसैगरि सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा सरुवा गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका इन्सपेक्टर राजु अधिकारीलाई सीआईबीमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement