सीआईबीले भन्यो – आरजुलाई पक्राउ गर्न प्रहरी खटाइएको खबर झूटा

सीआईबीले भन्यो – आरजुलाई पक्राउ गर्न प्रहरी खटाइएको खबर झूटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवालाई पक्राउ गर्न सीआईबी टोली खटाइएको भन्ने खबर झूटा भएको स्पष्ट पारेको छ ।

सीआईबीले बुधबार एक विज्ञप्ति जारी गरी समाचार अफवाह फैलाउने हेतुले सम्प्रेषण भएको भन्दै यस्ता समाचार प्रकाशन नगर्न अनुरोध गरेको छ ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीद्वारा जारी विज्ञप्तिमा विभिन्न व्यक्तिको नाम समेत तोकी पक्राउ गर्न प्रहरी खटाइएको भनी सत्यता परीक्षण नै नगरी आफूखुशी भ्रम सिर्जना गर्ने उद्देश्यले कपोलकल्पित समाचार अतिरञ्जित तवरले प्रकाशन गरिएको आरोप लगाइएको छ ।

यस्तो छ विज्ञप्ति –