काठमाण्डु – धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रही फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।
नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा ब्युरोबाट अनुसन्धान भइरहेको कसुरमा संलग्न २ जनालाई पक्राउ गरी काठमाण्डु जिल्ला अदालत बबरमहलमा पेश गर्ने प्रयोजनका लागि नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१५ हात्तीवनबाट २०८३ भदौ ११ गते पक्राउ परेका ललितपुर खाछें–१६ बस्ने हिमालय सेक्युरिटी बैंकर लिमिटेडका सञ्चालक अध्यक्ष ६३ वर्षीय दीपककुमार श्रेष्ठ रहेका छन् ।
काठमाण्डु महानगरपालिका–११ थापाथलीबाट पक्राउ परेका काठमाण्डु महानगरपालिका–११ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी संयोजक ४३ वर्षीय सुमेर शम्शेर जबरा पनि पक्राउ परेका छन् ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाण्डु जिल्ला अदालतमा पेश गरिने ब्युरोले जनाएको छ ।




प्रतिक्रिया