पपुवा न्युगिनीमाथि नेपालको सानदार जित, युएईलाई हराए विश्वकप छनोट खेल्न पाउने


काठमाण्डु- आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनीमाथि सानदार जित निकालेको छ ।

सोमबार त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि ओपनर आसिफ शेख र कुशल भुर्तेलले राम्रो ब्याटिङ गरे । उनीहरुले पहिलो विकेटका लागि ३३ ओभरमा ८ चौका र २ छक्काको प्रहार गर्दै ५१ रन बनाए । शेखले ५३ रन बनाउँदा भुर्तेल १४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोडेर आउट भए । कुशल मल्लले १२ रन बनाए ।

पपुवा न्युगिनीका लागि चाड सोपरले विकेट दिलाए । यसअघि टस हारेर ब्याटिङ थालेको पपुवा न्युगिनीले ३२ ओभरमा १० विकेट गुमाउँदै ९५ रन बनाएको थियो ।

पपुवा न्युगिनीका लागि ओपनरद्वय किप्लिन डोरिगा र हिरि हिरि सस्तैमा आउट भए । डोरिगाले २ रन र हिरिले १४ रन जोडे । कप्तान असद वालाले २० रन बनाउँदा सेसे बाउले १८ रन, चार्ल्स अमिनीले १६ रन, रिले हेकुरेले रन बनाए ।

यस्तै, चाड सोपरले ८ रन, काबुआ मोरियाले १ रन र हिला वारेले ७ रन बनाए । सेमो कामिया र नर्मन भानुआ भने शून्यमै आउट भए । नेपालका लागि बलरहरुले कसिलो बलिङ गरे । सन्दीप लामिछानेले ५ विकेट लिँदा कुशल मल्ल र ललित राजवंशीले २-२ विकेट लिए । राजवंशीले यसअघि युएईविरुद्धको खेलमा ५ विकेट लिएका थिए । यस्तै, सोमपाल कामीको नाममा एक विकेट रह्यो ।

जितसँगै नेपाल ३५ खेलमा १८ जित र १५ हारसहित ३८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । अब नेपाल पपुवा न्युगिनीमाथि लिग २ मा लगातार छैटौं जितसँगै सोझै विश्वकप छनोट खेल्ने अवसर देखि एक जित टाढा छ । अन्तिम खेल नेपालको युएईसँग छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement