CID का प्रधुम्नदेखि दयासम्म, कसले कति लिन्छन् पारिश्रमिक ?


भारतीय टेलिभिजनको पपुलर शो CID सुरु भएको १९ वर्ष भइसकेको छ । २१ ज्नवरी १९९८ मा सुरु भएको यो शो अहिलेसम्म चलिरहेको छ । शोका प्रत्येक कलाकारको नाम मानिसहरुको मुखमै झुण्डिएको छ ।

त्यो चाहे एसीपी प्रद्युम्म हो वा इन्स्पेक्टर दया । यस्तै अभिजीत, फ्रेडरिसक्सदेखि डाक्टर तारिका र सालुंकेजस्ता क्यारेक्टर आम मानिसहरुमाझ निकै फेमस छन् । यतिसम्म कि यी कलाकारहरुलाई ब्यक्तिगत नामभन्दा पनि टिभीको नामबाट बढी चिनिन्छ ।

सिआईडीका पात्रहरुका बारेमा त धेरै मानिसहरुलाई थाहा नै छ, तर यिनीहरुको पारिश्रमिकका विषयमा धेरै मानिसहरु जानकार छैनन् । कसले कति लिन्छन् पारिश्रमिक ?

१) पात्रः एसीपी प्रद्युम्न
नामः शिवाजी साटम
पारिश्रमिक ः ५ लाख भारतीय रुपैयाँ प्रति एपिसोड

२) पात्रः इन्स्पेक्टर दया
नामः दयानन्द सेट्टी
पारिश्रमिक ः १ लाख भारतीय रुपैयाँ प्रतिएपिसोड

३) पात्रः अभिजित
नामः आदित्व श्रीवास्तव
पारिश्रमिकः ८० हजार भारतीय रुपैयाँ प्रतिएपिसोड

४) पात्रः फ्रेडरिक्स
नामः दिनेश फडनिस
पारिश्रमिकः ७० हजार भारतीय रुपैयाँ प्रतिएपिसोड

५) पात्रः सब इन्स्पेक्टर ताशा
नामः वैष्णवी धनराज
पारिश्रमिकः ५० हजार भातीय रुपैयाँ प्रतिएपिसोड

६) पात्रः श्रेया
नामः जान्हवी चेड्डा
पारिश्रमिक ः ४५ हजार भारतीय रुपैयाँ

७) पात्रः पूर्वी
नामः अंशा सैयद
पारिश्रमिक ः ४० हजार भारतीय रुपैयाँ प्रतिएपिसोड

८) पात्रः डाक्टर सालुंके
नामः नरेन्द्र गुप्ता
पारिश्रमिकः ४० हजार भारतीय रुपैयाँ प्रतिएपिसोड

९) पात्रः डाक्टर तारिका
नामः श्रद्धा मुसले
पारिश्रमिकः ४० हजार भारतीय रुपैयाँ प्रतिएपिसोड

प्रतिक्रिया दिनुहोस
Advertisement