विद्युतका पूर्वमहाप्रवन्धक श्रेष्ठविरुद्ध दुई करोड ८८ लाखको भ्रष्टाचार मुद्दा दायर


काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका पूर्वमहाप्रवन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

 

आयोगले प्राधिकरणका पूर्वमहाप्रवन्धक श्रेष्ठलाई दुई करोड ८८ लाख ८२ हजार आठ सय ९१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सरकारी सेवामा रहँदा श्रेष्ठले आफू र आफ्ना परिवारको नाममा अकुत सम्पत्ति कमाएको र त्यसो स्रोत नभेटिएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
आयोगले बिगोअनुसारको जरिवाना र कैद सजाय माग गरेको छ।

प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको सहायक इन्जिनियरमा २०३६ चैत ५ गते नियुक्त भई २०७० असार ९ गतेसम्म महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दासम्म भएको आय र पेश गरिएको सम्पत्ति विवरण अमिल्दो रहेको पाइएको अख्तियारको ठहर छ।

 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसारको जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो।

 

आयोगले श्रेष्ठले दुई करोड ८८ लाख ८२ हजार रुपैयाँको स्रोत दिन नसकेका जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement