चीनले सार्वजनिक गर्‍यो गलवान भीडन्तमा २० भारतीय र ४ चिनियाँ सैनिक मारिएको दर्दनाक भिडियो


काठमाण्डु – चीनले लद्दाखको गलवान क्षेत्रमा भएको भीडन्तमा भारतीय र चिनियाँ सैनिकले ज्यान गुमाएको दर्दनाक भिडियो सार्वजनिक गरेको छ ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले शुक्रवार १६ जून २०२० मा भएको झडपको भिडियो सार्वजनिक गरेको हो ।करिब ४ दशकपछि दुई देशबीच भएको ठूलो हिंसात्मक झडपमा २० जना भारतीय र ४ चिनियाँ सैनिकको मृत्यु भएको थियो ।

चीनले बिहीबार मात्रै आफ्ना ४ जना सैनिकको मृत्यु भएको स्वीकार गरेको थियो । त्यसअघि चीनले आफ्नो पक्षमा कुनै पनि मानवीय क्षति नभएको दाबी गर्दै आएको थियो । भारतसँगको झडपमा आफ्ना ४ जना सैनिक मारिएको र एक जना गम्भीर घाइते भएको चीनले स्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement