नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित,एमालेको विरोध कायमै


काठमाण्डु – नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको विद्येयक संसदमा मतदानमार्फत पारित गरिएको हो ।

प्रस्तावको पक्षमा प्रस्तावको पक्षमा १३५ मत परेको छ भने विपक्षमा ६० मत परेको छ । मतदानका बेला १९५ जना सांसद बैठकमा उपस्थित भएका थिए ।

एमालेको विरोधका बावजूत सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र लोकतान्त्रिक समाजवादी पार्टीका सासंदहरुले विद्येयकको पक्षमा मतदान गरेका थिए । विद्येयकको विपक्षमा एमालेसहित जनमोर्चा,राप्रपा र नेपाल मजदुर किसान पार्टी उभिएका थिए । एमालेले सहमतिका लागि सर्वदलिय बैठक बोलाउन माग गरेपनि सत्तारुढ दलले बहुमतका आधारमा निर्णय गरेका हुन् ।

राष्ट्रपतिले विद्येयकमा पुर्नविचारका लागि नागरिकता विद्येयक सन्देशसहित फिर्ता पठाएकी थिईन । तर, सत्तारुढ दलले भने त्यसमा संशोधन विनै फेरी हुवहु पारित गरेका छन् । भण्डारी १५ दिन विद्येयक रोकेर संसदमा फिर्ता पठाएपछि सत्तारुढ दलका नेताहरुले त्यसमा असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement