नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाण्डु – सरकारले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो।

यसअघि दुई पटक संसदबाट प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ जाँदा रोकेकी थिइन् । तर, यो प्रमाणिकरण गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रपति पौडेलले केही समयदेखि कानुनी परामर्श गरिरहेका छन् ।

नागरिकता विधेयकलाई लिएर केही दिनअघि मात्रै सत्तारुढ गठबन्धनका नेताहरुले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग परामर्श गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement