हवाई दुर्घटनाका घटना बढेपछि नागरिक उडड्यन प्राधिकरणले बनायो अनिवार्य ६ नियम


काठमाण्डु – नेपालमा हवाई दुर्घटनाका घटना बढेसंगै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयां नियम लागु गरेको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै विमान उडान र अवतरणका लागि छ वटा नियम अनिवार्य गरेको छ ।

नेपालको उडान सुरक्षालाई नियमित रुपमा अद्यावधिक गरेर थप सुदृढीकरण गरी हवाइ यातायात सेवालाई अझै सुरक्षित भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने र हवाई सेवा प्रदायक निकायको सेवा संचालन प्रतिको व्यवसायिक जिम्मेवारी तथा जवाफदेहितालाई अभिबृद्धि गर्ने उद्देश्यले निर्णय गरिएको प्राधिकरणले दावी गरेको छ ।

प्राधिकरणले लागु गरेको नयां नियमअनुसार स्टोल विमानस्थलको उडानमा रहेको फलाइट टाइम लिमिटेशनलाई अधिकतम् प्रति दिन ८ घण्टाबाट घटाएर ७ घण्टा कायम गरिएको छ ।

त्यसैगरी हेलिकप्टरबाहेक अन्य वायुयानले भीएफआर फ्लाइट अन्तर्गत स्टेबिलाइज्ड एप्रोच गर्दा शर्ट टेकअफ र ल्यान्डिङ (स्टोल)मा विमानस्थलमा जमिनको सतहबाट कम्तीमा ५ सय फिट तथा अन्य विमानस्थलमा कम्तीमा १ हजार फिटको उचाइ अनिवार्य कायम गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement