प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त


काठमाडौं – प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् । न्याय परिषद्ले पराजुलीलाई पदमा नरेहेको ब्यहोराको पत्र पठाएको छ । सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै पराजुली अवकाश भइसकेको जानकारी दिइएको छ ।

पत्रमा भनिएको छ, ‘सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४।४।२१ मा नै पुरा भईसकेको देखिन आएकोले आज मिति २०७४।११।३० को सचिवस्तरिय निर्णय अनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु ।’ पत्रको अन्त्यमा भनिएको छ, ‘सम्माननीय महोदयले न्यायसेवामा पुर्याउनुभएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’

पत्रमा न्याय परिषद्ले पराजुलीको परिषद सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधबार प्राप्त पत्रको आधारमा समेत उक्त निर्णय लिइएको उल्लेख गरिएको छ ।

पराजुली राष्ट्रपति भवन शितलनिवास पुगेर राष्ट्रपति विद्या भण्डारीलाई सपथ गराइरहेका बेला उनको बर्खास्तीको निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement