पशुपति विकास कोषको सदस्य सचिव समेत प्रधानन्यायाधीशको कोटामा नियुक्त भएको खुलासा


काठमाण्डु–सरकारले पशुपति विकास कोषको सदस्यसचिव समेत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा नियुक्त गरेको खुलासा भएको छ ।

थापाविरुद्ध पशुपतिमा सुनको जलहरी जडान गर्दा ८ किलोभन्दा बढी सुन हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राणाकै सिफारिसमा पशुपति विकास कोषको सदस्यसचिव बनाएको एक मन्त्रीले बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले थापालाई नियुक्ति गर्न सिफारिस गरेको चर्चा गरिएपनि त्यसमा सत्यता नभएको बताइन्छ । उनलाई राणाको कोटामा नियुक्ति दिइएको स्रोतको दावी छ ।

त्यसैगरी नेपाल कानुन आयोगको अध्यक्षमा समेत प्रधानन्यायाधीश राणाकै सिफारिसमा जागेश्वर सुवेदीलाई पनि प्रधानमन्त्री देउवाले नियुक्त गरेको खुलासा भएको छ । उनको नियुक्ती गत भदौ १० मा भएको थियो । गौतम उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हुन ।

सत्तारुढ दलहरुको बीचमा राणालाई हिस्सा दिने सहमती भएको बताइन्छ । जसको प्रमाण मन्त्रीपरिषदको विस्तारमा देखिएको छ । देउवा नेतृत्वको सरकारले प्रधानन्यायाधीश राणाको सिफारीसमा उनका जेठान गजेन्द्र हमाललाई शुक्रबार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरेको थियो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा गरेको संवैधानिक नियुक्तिमा समेत प्रधानन्यायाधीश राणाले दुई आयोगका अध्यक्षसहित १८ जनालाई सिफारिस गरेका थिए ।

गत असार २८ मा प्रतिनिधिसभा बिघटनका बिरुद्ध परेको रिटमा अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । त्यससंगै प्रधानन्यायाधीश राणा र सत्तारुढ दलका नेताहरुबीच सत्तामा भागबण्डा हुने समझदारी भएको आरोप लाग्दै आएको छ । राणाले सरकारी नियुक्तीमा भागवण्डा पाउंदै आएका छन् ।

राणाले प्रधानमन्त्री देउवालाई आफ्ना सम्धी तिलक रावललाई भारतको राजदूत र भिनाजु केशव उप्रेतीलाई दक्षिण कोरियाको राजदूत बनाउन समेत सिफारीस गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement