‘गो ज्ञानु’ अभियानमा कक्रोचलाई ठाकरे दाजुभाइको साथ, मुम्बईमा शक्ति प्रदर्शन

‘गो ज्ञानु’ अभियानमा कक्रोचलाई ठाकरे दाजुभाइको साथ, मुम्बईमा शक्ति प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– शिवसेना (यूबीटी)का नेता उद्धव ठाकरे र महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) का नेता राज ठाकरेले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई पदबाट हटाउन माग गर्दै मुम्बईमा विरोध प्रदर्शन गरेका छन्।

‘विराट गर्जना मोर्चा’ नाम दिइएको प्रदर्शनमा कांग्रेस तथा शरद पवार नेतृत्वको एनसीपीका महाराष्ट्रका नेताहरू पनि सहभागी भएका थिए।

मेट्रो सिनेमाबाट सुरु भएको र्‍याली दक्षिण मुम्बईस्थित बृहन्मुम्बई महानगरपालिका (बीएमसी) मुख्यालयसम्म पुगेको थियो।

प्रदर्शनकारीहरूले मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियामा कथित अनियमितता भएको भन्दै सीईसी ज्ञानेश कुमारको हटाइ वा राजीनामाको माग गरेका छन्।

आयोजकहरूले प्रदर्शनमा पार्टीका झण्डा बोक्न प्रतिबन्ध लगाएका थिए। सहभागीहरूलाई केवल राष्ट्रिय झण्डा बोक्न अनुमति दिइएको थियो।

मतदाता नामावली पुनरावलोकनमा कथित अनियमितताको विरोधमा सीईसीविरुद्धको आन्दोलन अहिले राष्ट्रियस्तरको अभियानका रूपमा अघि बढेको छ।

यसअघि शुक्रबार मुम्बईको शिवाजी पार्कमा अभिजित दिप्के नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आयोजना गरेको सभामा ठूलो संख्यामा मानिसहरू भेला भएर ज्ञानेश कुमारको राजीनामा मागेका थिए।

हालसम्म एकअर्काका राजनीतिक प्रतिद्वन्द्वी रहेका ठाकरे दाजुभाइले आफ्नो मतभेदलाई थाती राखेर संयुक्त रूपमा सार्वजनिक कार्यक्रममा सहभागी भएको यो तेस्रोपटक हो।

राज ठाकरे र उद्धव ठाकरेबीच लामो समयदेखि राजनीतिक दूरी रहे पनि पछिल्लो समय उनीहरू संयुक्त रूपमा सार्वजनिक कार्यक्रममा देखिन थालेका छन्। यो उनीहरूको तेस्रो संयुक्त उपस्थिति हो।

यसअघि महाराष्ट्रका विद्यालयमा हिन्दी अनिवार्य गर्ने सरकारी निर्णय फिर्ता गराउन तथा एनईईटी प्रश्नपत्र चुहावटको विरोधमा पनि दुवै नेता एकै ठाउँमा उभिएका थिए।