सीके राउतका असन्तुष्ट पक्ष र तराई मुक्ति मोर्चा भए एक


जनकपुर – डा. सिके राउत नेत्रृत्वको गठबन्धन समुहका असन्तुष्ट पक्षले डा.मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग एकता गरेको छ ।

गठबन्धनका असन्तुष्ट समूहको नेतृत्व गरेका जासर यादव र जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष डा. मुक्तिले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै एकता भएको घोषणा गरेका हुन् । उनीहरुले जेठ २० गते निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने जनाएका छन् ।

जारी विज्ञप्तिमा अलग मधेशको मुद्दा छाडेर छिट्टै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने, मधेशलाई सबैले धोका दिँदै आएकाले मधेश मुक्तिका लागि अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement