पिपरा गाउँपालिकामा सिके राउतको पार्टीले दियो उम्मेद्वारी


काठमाडौं – महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि सिके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवारी दिएको छ ।

निर्वाचन अधिकृत कार्यालय पुगेर जनमत पार्टीकी नेतृ अञ्जलीदेवी मण्डलले बुधबार मनोनयन दर्ता गरेकी हुन् । जनमत पार्टी पहिलोपटक चुनावमा भाग लिन लागेको हो ।

संघ र प्रदेशसभा क्षेत्रमा उम्मेदवारी नदिएको जनमत पार्टीले स्थानीय तहमा रिक्त पदमा भने उम्मेदवारी दिने निर्णय केही दिन अघि बसेको केन्द्रीय समिति बैठकबाट गराएको थियो ।

गत वैशाखमा पिपराका अध्यक्ष विनोदकुमार चौधरीको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
राजपाबाट उम्मेदवार बनेका चौधरी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement