सिके राउतसँगको सहमति सच्याउनुपर्छ :नेता रावल


काठमाडौं – नेकपाका सांसद भीमबहादुर रावलले शुक्रबार स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत र सरकारबीच भएको सम्झौता प्रष्ट पार्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद रावलले विभिन्न समुदायलाई वार्तामा ल्याउनु र मूल प्रवाहमा ल्याउनु राम्रो र स्वागत योग्य कुरा भएपनि त्यसमा प्रयोग भएको भाषामा आपत्ति जनाए ।

उनले राउतसँग गरिएको सहमति पत्रमा उल्लेख गरिएका केही शब्दहरु आपत्तिजनक भएको भन्दै त्यसलाई सच्याउन माग गरे । सिके राउतसँग भएको सम्झौता नेकपाले अंगिकृत गरेको नीति विपरित रहेको पनि उनले जिकिर गरे । रावलले सहमति पत्रमा उल्लेख भएका शब्दहरुबारे प्रष्ट पारेर सरकार र सिके राउतले फेरि नयाँ विज्ञप्ति जारी गर्न माग गरेका छन् ।

संसद्मा यो विषयमा सांसदहरुले पक्ष र विपक्षमा बोलेका थिए । राउत मधेशलाई छुट्याउनुपर्छ भन्ने अभियान चलाउँदै आएका थिए । सरकार र राउतबीच ११ बूँदे सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement