‘नोम्याडल्यान्डकी’ चिनियाँ निर्देशक क्लोइ झोउलाई ओस्कार अवार्ड प्रदान


एजेन्सी – चिनियाँ निर्देशक क्लोइ झोउले ओस्कर अवार्ड प्राप्त गरेकी छन् । नोम्याडल्यान्डकी निर्देशक चाउले पहिलोपटक ओस्कार अवार्ड प्राप्त गरेकी हुन् ।

उनी ९३ वर्षपछि ओस्कर पुरस्कार जित्ने दोस्रो महिला हुन् । उत्कृष्ट निर्देशकका लागि चाउसहित, ली आइज्याक चङ (मिनारी), एमेरेल्ड फिनाल (प्रोमिसिङ यङ वुमन), थमस भिन्टरवर्ग (एनदर राउन्ड) र डेभिड फिन्चर (म्यांक) नोमिनेसनमा परेका थिए ।

नोम्याडल्यान्डले अमेरिकाका मध्यमवर्ग र निम्नवर्गका मानिसले आर्थिक अवस्थाका कारण भोग्नुपरेको पीडा तथा जीवनको संघर्षलाई काव्यिक रूपमा प्रस्तुत गरेको छ ।

प्रसिद्ध अभिनेता एन्थोनी हपकिन्सले सर्वश्रेष्ठ अभिनेता पुरस्कार प्राप्त गरेका छन् । उनी यो पुरस्कार पाउने सबैभन्दा पुरानो अभिनेता भएको बताइएको छ । ८३ वर्षीय ब्रिटिश अभिनेता फिल्म ‘द फादर’ को लागी पुरस्कार पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement