कक्षा १२ को नतिजा ग्रेडिङ प्रणालीमा प्रकाशित


काठमाडौं – कक्षा १२ को परिक्षाको नतिजा बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो ।

गत बैशाखमा १२ कक्षाको परिक्षा संचालन भएको थियो। जसमा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए। आशिंकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय ७५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ।

परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो। पहिलो पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको छ । एउटा विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा ग्रेड बृद्धिको परीक्षा दिन सक्ने छन् उक्त परीक्षा भाद्र १६ मा हुनेछ।नतिजामा चित्त नबुझेमा पुनर्योग र उत्तरपुस्तिका हेर्न सकिन ब्यवस्था समेत मिलाएको बोर्डले जनाएको छ।

रिजल्ट थाहा पाउनका लागि राष्ट्रिय परीक्षा बोर्डको वेभसाइट http://neb.ntc.net.np, edusanjal.com लगायतका वेभसाइटका साथै नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताहरुले results (Space) Symbol number टाइप गरी ३५००१ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सक्नेछन्।

विद्यार्थीले कुनै एक विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा ग्रेड बृद्धिका लागि परीक्षा दिन सक्ने पनि परीक्ष वोर्डले जनाएको छ। परीक्षा भदौ १६ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement