काठमाण्डु – विश्वकै नम्बर १ एन्टी–ड्यान्ड्रफ मेन स्याम्पु क्लियर मेनले फिफा वर्ल्ड कप २०२६™ सँगको विश्वव्यापी सहकार्यलाई नेपाली फूटबल प्रेमीहरूसँग जोड्दै नयाँ अभियान सार्वजनिक गरेको छ ।
नेपालमा फूटबल अब मैदानमा मात्र सीमित छैन, फूटसल, खेल स्क्रिनिङ, सडकमा देखिने फूटबल संस्कृति र सामाजिक सञ्जालमा बन्ने सामग्रीहरूले फूटबललाई युवामाझ अझ जीवित, उत्साहपूर्ण र अभिव्यक्तिमूलक बनाएको छ । आजका फूटबलप्रेमीहरू खेल हेर्ने मात्र होइन, आफ्नै तरिकाले खेलप्रतिको प्रेम व्यक्त गर्ने पुस्ताका रूपमा अगाडि आइरहेका छन् ।
यही बदलिँदो फूटबल संस्कृतिलाई आत्मसात् गर्दै क्लियर मेनले नेपालमा आफ्नो नयाँ अभियान ‘क्लियर हेडले खेलौ’ सार्वजनिक गरेको छ । फिफा वर्ल्ड कप २०२६™ सँगको क्लियर मेनको आधिकारिक विश्वव्यापी सहकार्य/क्रिस्चियानो रोनाल्डोको उपस्थितिले अभियानलाई अझ विशेष बनाएको छ ।
अभियानअन्तर्गत क्लियर मेनको सीमित संस्करण रोनाल्डो प्याक बजारमा ल्याइएको छ । प्याकमा क्रिस्चियानो रोनाल्डोको तस्वीर र हस्ताक्षर समावेश गरिएको छ, जसले फूटबलप्रतिको जोस, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनको भावना झल्काउँछ ।
अभियानको मुख्य आकर्षण ‘क्लियर हेडले खेलौ’ एन्थम हो । नेपाली हिप–हप क्षेत्रका चर्चित कलाकार गिरीश खतिवडाद्वारा प्रस्तुत गरिएको ऊर्जाशील गीतले क्लियर मेनको विश्वव्यापी सोच ‘प्ले विद अ क्लियर हेड’लाई नेपाली युवा र फूटबल संस्कृतिसँग जोडेको छ ।
क्लियर मेनले अभियानमार्फत फूटबल मैदानमा मात्र होइन, जीवनका हरेक क्षणमा चाहिने स्पष्ट सोच, आत्मविश्वास र तयारीको भावनालाई अघि सारेको छ ।
युनिलिभर नेपालकी मार्केटिङ हेड सुरभि गोस्वामीले भनिन्, ‘आजको फूटबल प्रदर्शन मात्र होइन, अभिव्यक्तिको पनि माध्यम बनेको छ । यो अभियानमार्फत हामी नेपाली युवाहरूले फूटबललाई कसरी अनुभव गर्छन् भन्ने कुरासँग जोडिन चाहन्छौँ, चाहे त्यो फूटसल मैदानमा होस्, खेल स्क्रिनिङमा होस्, सडकमा होस् वा सामाजिक सञ्जालमा। क्लियर मेनको मुख्य सन्देश आत्मविश्वास र स्पष्ट सोच हो, जुन यस अभियानको केन्द्रमा छ ।’
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘अभियानले क्लियर मेनको विश्वव्यापी पहिचानलाई नेपाली संस्कृति र उपभोक्तासँग नजिक ल्याउने हाम्रो प्रयासलाई प्रतिबिम्बित गर्छ । फिफा वर्ल्ड कप २०२६™ को विश्वव्यापी ऊर्जा र नेपालका फूटबल प्रेमीहरूको आफ्नै अभिव्यक्तिलाई जोडेर हामी उपभोक्तासँग अझ गहिरो र अर्थपूर्ण सम्बन्ध निर्माण गर्न चाहन्छौँ । क्लियर मेनले खेल मैदानभित्र होस् वा बाहिर, प्रशंसकहरूलाई आत्मविश्वासका साथ आफ्नो उत्कृष्ट रूप प्रस्तुत गर्न प्रेरित गर्छ ।’
उपभोक्तासँगको संलग्नतालाई अझ बलियो बनाउन क्लियर मेनले नेपालमा पहिलो पटक सीआर७ एण्ड हेयरकट, वास एण्ड स्टाइलिङ एक्पिरियन्स पनि ल्याएको छ । दराजमार्फत सीमित संस्करण रोनाल्डो प्याक खरिद गर्ने उपभोक्ताहरूले काठमाण्डुको प्रिमियम सैलुन शृंखला लक्ष्मी सलुनमा विशेष अनुभव नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।
अभियानलाई डिजिटल माध्यम, स्थलगत गतिविधि, टिकटक/रिल्स चुनौती, सामग्री निर्माताहरूको सहभागिता र विभिन्न उपभोक्ता संलग्नता गतिविधिमार्फत विस्तार गरिनेछ । रोनाल्डो प्याक, विश्वव्यापी फूटबल सहकार्य, नेपाली सङ्गीत र युवा अभिव्यक्तिको संयोजनमार्फत क्लियर मेनले खेल, आत्मविश्वास र प्रशंसक संस्कृतिलाई एउटै अभियानमा जोडेको छ ।
क्लियर एन्टि डेन्ड्रफ स्याम्पु हाल मेन्स कुल स्पोर्ट मेन्थोल र विमेन एन्टी हेयरफल गरी २ प्रकारमा उपलब्ध छ । यी स्याम्पुहरू ३२५ एमएल र ६२५ एमएल प्याकमा परम्परागत तथा आधुनिक बिक्री केन्द्रहरूका साथै अनलाइन माध्यमहरूमा उपलब्ध छन् ।
थप जानकारीका लागि इन्स्टाग्राम, फेसबूक/टिकटकमा @Clear_Nepal लाई फलो गर्न अनुरोध गरिएको छ ।




प्रतिक्रिया