मुख्यमन्त्री भट्टले गृहजिल्ला पुगेर भने ‘दिपायल राजधानी बनाउन पहल गर्छु ’


गोविन्द रोस्यारा,डोटी – प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनको गाउमा भब्य स्वागत गरीएको छ । मुख्यमन्त्री बनेपछी पहिलो पटक आफ्नो जन्मस्थल पुगेका भट्टलाई स्थानियले बाजागाजा सहित स्वागत– सम्मान गरेका हुन ।

डोटी जिल्लाको के आइ सिंह गाउपालिका फलेडीमा भट्ट पुगेपछी आसपासका गाउबाट उनलाई हेर्न सर्बसाधरणको भिड लागेको थियो । भट्टले आफ्नी ८० बर्षिय आमा शारदा भट्टलाई भेटेर आशिर्बाद समेत लिएको भट्टसंगै रहेका डोटीका माओबादी नेता लोकेश अधिकारीले जानकारी दिए ।

भट्टलाई भेटेका स्थानियले त्यस क्षेत्रको बिकासका लागी पहल गरीदिन आग्रह गरेका थिए । भट्टको सम्मानमा के आई सिं गाउपालिकाले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफु सोही क्षेत्रको बासिन्दा भएकोले सक्दो बिकास गर्ने आस्वासन समेत स्थानियलाई दिए ।

उनले भने ‘म यसै क्षेत्रको बासिन्दा हुं,यहांको दुखः सुखः सबै थाहा छ, मैले सक्ने बिकास निर्माणलाई प्रथमिकता दिनेछु । ’ मुख्यमन्त्री भट्टले भने । मुख्यमन्त्री भट्टले प्रदेशको राजधानीको निर्णय प्रदेश सरकारले गर्ने भएपनी दिपायललाई राजधानी बनाउन पहल गर्ने बताए ।

उनीसंगै रहेकी प्रदेश सासंद पुर्णा जोशीलाई पनी स्थानियले स्वागत गरेका छन । जिल्लाका बिभिन्न कार्यक्रम सकेर मुख्यमन्त्री भट्ट आज नै धनगढी फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement