माओवादीमा ६ नम्वर प्रदेशको मुख्यमन्त्री बनाउने विषयमा फेरी भयो बिवाद


काठमाडौं – माओवादी केन्द्रको प्रदेश नम्बर ६ मा मुख्यमन्त्रीको उम्मेदवार बनाउने विषय बिवादित बनेको छ । माओवादी केन्द्रको ६ नम्बर प्रदेशका इन्चार्ज शक्तिबहादुर वस्नेतले मुख्यमन्त्रीका लागी तीन जना उम्मेदवारको नाम पार्टी केन्द्रिय कार्यालयमा सिफारीस गरेका थिए ।

 

 

 

माओवादी स्रोतले दिएको जानकारीअनुसार केन्द्रले मुख्यमन्त्री चयन गर्ने जिम्मा पुनः प्रदेशलाई नै दिएको छ ।

 

 

प्रदेशले मुख्यमन्त्रीका लागी नरेश भण्डारी,महेन्द्र शाही र सिता नेपालीको नाम सिफारीस गरेको थियो । प्रदेश सभामा सांसद भएकी नेपाली यसभन्दा पहिले पनि केन्द्रिय सांसदमा समानुपातिकबाट नै सांसद भएकी थिईन । दुई चोटी समानूपातिकमा सांसद हुने नेपाली माओवादीमा भाग्यमानी महिला नेतृ हुन ।

 

६ नम्बर प्रदेशमा माओवादीबाट १२ जना प्रदेश सांसद रहेका छन् ।  प्रदेशको मुख्यमन्त्रीको लागी नरेश भण्डारी र महेन्द्र बहादुर शाही प्रतिस्पर्धामा छन् ।  भण्डारीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता रामबहादुर थापाले मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि प्रदेशसभामा चुनाव लडेका थिए ।

 

 

उनि हालसम्म लाभको पद नपाउने नेता हुन । जुम्लाबाट सांसद जितेका भण्डारी पार्टीमा इमान्दार र भिजन भएका नेताका रुपमा चिनिन्छन् । उनले यसअघि पनि केन्द्रिय संसदमा चुनाव जितेका थिए ।

 

यता शेरबहादुर देउवा नेतृत्वको सरकारमा उर्जामन्त्री रहेका शाही माओवादी जनमुक्ति सेनाको पुर्व डिभिजन कमाण्डर हुन । शाहीले आर्थीक रुपमा अपारदर्शी नेताका रुपमा चिनिन्छन् । शाहमाथी डिभिजन कमाण्डर हुंदा कैलालीमा जथाभावी रुख काटेर आर्थीक फाइदा लिएको र शिविर निर्माणमा घोटला गरेको आरोप छ ।

 

 

उनीलगायत डिभिजन कमाण्डरहरुमाथी छानविन गर्नुपर्ने भन्दै पार्टीमा उजुरी समेत परेको थियो । उजुरीपछि माओवादीले छानविनको लागी स्वर्गिय नेता पोष्टबहादुर बोगटीको नेतृत्वमा छानविन समिती समेत गठन गरेको थियो । वोगटी आयोगको रिपोर्ट भने अहिलेसम्म पनि सार्वजनिक भएको छैन् ।

 

 

शाही पुर्वगृहमन्त्री जनार्दन शर्मा निकट नेता हुन् । यता भण्डारी भने रामबहादुर थापा समुहसंगै माओवादीमा प्रवेश गरेका हुन् ।

 

मुख्यमन्त्रीका लागी केन्द्रले नै प्रदेशको जिम्मा लगाएपछि प्रदेश इन्चार्ज समेत रहेका पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको भुमिका निर्णायक हुने भएको छ । आफु निकट नेता शाहीलाई बनाउन नेता शर्माले चर्को लविङ सुरु गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement