एकताको बारेमा बाहिर आएको समाचार हल्ला हो : प्रचण्ड


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतामा कुनै समस्या नभएको बताएका छन् ।

अखिल क्रान्तिकारीका पदाधिकारीको प्रतिनिधिमण्डलसंग आइतबार कुरा गर्दै प्रचण्डले माघ महिनाभित्र एकता टुंगिने बताएका हुन् । उनले सरकार गठन र पार्टी एकता संगसंगै गर्नुपर्ने आफुहरुको धारणा रहेको समेत खुलाए ।

‘पार्टी एकताका लागी भइरहेका छलफलहरु सकरात्मक नै छन्, अव समय अघि कि पछि भन्ने कुरा हो, तर, एकतालाई कसैले रोक्न सक्दैन् ।’ प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले बाहिर हल्ला आएजस्तो एकतामा समस्या नरहेको दाबी समेत गरेका छन् । उनले पार्टीमा केही जटिलताहरु रहेको भएपनि त्यसले एकतालाई प्रभाव नपार्ने ठोकुवा समेत गरे ।

केही समय अघि एकताको लागी आफु केन्द्रिय सदस्य पनि वन्न तयार रहेको अभिव्यक्ति दिएका प्रचण्डले एमालेले सरकार गठनलाई प्राथमिकता राखेको भएपनि दुवै प्रक्रिया संगसंगै अघि बढ्ने बताए ।

प्रचण्डले एकताका विपक्षमा वातावरण बन्ने गरी कुनै पनि प्रकारको अभिव्यक्ति नदिन पनि विद्यार्थी नेताहरुलाई निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement