नवौं संस्करणको सिएमसी करीयर क्विजको उपत्यका बाहिरको अडिसन सम्पन्न


काठमाडौं – मिटिङ्ग प्वाइन्ट प्रा.लि ले आयोजना गरेको सिएमसी करीयर क्विजको ९ औ संस्करणको उपत्यका बाहिरको अडिसन भव्यताका साथ सम्पन्न भएको छ । सिएमसी करियज क्विजको अडिसन माघको तेस्रो साता देखि पोखरा बाट शुरु भएको हो । माघ २० गते पोखरामा सम्पन्न भएको अडिसन माघ २२ गते बुटवल मा सम्पन्न भएको हो ।

यस्तै माघ २४ गते चितवनमा अडिसन सम्पन्न भएको थियो भने विराटनगरमा माघ २७ गते सम्पन्न भयो । पोखरामा सम्पन्न अडिसनबाट गण्डकी स्कुल, के इ एफ सेकेण्डरी स्कुल र सगरमाथा स्कुल गरि ३ वटा टिमले क्वालिफाइङ राउण्ड खेल्नका लागि आफ्नो स्थान सुरक्षित गरेका छन भने बुटवल अडिसनबाट न्यु होराइजन सेकेण्डरी स्कुल, कालिका सेकेण्डरी स्कुल र अक्सफोर्ड कलेजको गरि ३ टिम क्वालिफाइङ राउण्डका लागि छानिएका छन ।

यस्तै चितवन अडिसन बाट सनराइज सेकेण्डरी स्कुल, गुरुकुल कलेज र जनज्योती पि डि एम स्कुल छनौट भएका छन । उता बिराटनगर अडिसनबाट हिमालयन सेकेण्डरी स्कुल, शिक्षादिप बोर्डिङ सेकेण्डरी स्कुल र मेरिल्याण्ड सेकेण्डरी स्कुल का टिमले क्वालिपाइङ राउण्डका लागि स्थान बनाएका छन । उपत्यका बाहिरको अडिसन सकिएसंगै अब आउँदो फागुन २ गते काठमाडौं उपत्यकाका लागि अडिसन हुने आयोजक मिटिङ्ग प्वाइन्ट प्रा.लि ले जनाएको छ ।

अडिसनका लागि तोकिएको स्थानमा लिखित र मौखिक परिक्षामार्फत क्वालिफाइङ राउण्ड खेल्ने टिमको छनोट गरिने छ । राजधानी र राजधानी बाहिरका प्रतिस्पर्धी मध्ये कम्तिमा ५० टिमलाई छनोट गरिने आयोजकले जनाएको छ । क्विज प्रतियोगितामा सामेल हुनचाहने विद्यार्थी तथा विद्यालयले तोकिएको मिति र स्थानमा आफ्नो टिमको नाम दर्ता गर्नुपर्ने छ । सिएमसि करिअर क्विजको फेसबुक पेज तथा आयोजक मिटिङ्ग प्वाइन्टको आधिकारिक वेबसाइट मार्फत पनि क्विजमा सहभागिताका लागि थप जानकारी प्राप्त गर्न सकिनेछ । दुवै ठेगानामा सहभागिताको फाराम समेत उपलब्ध गराइएको सिएमसी करियर क्विजका प्रमुख कार्यकारी निर्माता सुरेश सिम्खडाले बताएका छन् ।

सन् २०१० देखि औपचारिक रुपमा सुरु भएको करिअर क्विजको यो ९ औ संस्करण हो । देशका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुले सञ्चालन गर्ने प्रतियोगितात्मक कार्यक्रम करिअर क्विजका बिजेता टिमलाई नगद पुरस्कारसँगै ट्रफि, मेडल, प्रमाणपत्र र आकर्षक छात्रवृत्ति समेत प्रदान गरिनेछ । कार्यक्रमका निर्माता तथा निर्देशक रजिन महर्जनका अनुसार नविनतम प्रबिधिको प्रयोगगरि छायांकन गरिने क्वालिफाइङ राउण्डदेखिका सबै खेलहरु एपी वान एचडी टेलिभिजनबाट आगामी बैशाखको पहिलो साताबाट प्रसारण गरिने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement