प्रधानसेनापति सिग्देल चीन प्रस्थान, केसीले सम्हाले कायममुकायमको जिम्मेवारी

प्रधानसेनापति सिग्देल चीन प्रस्थान, केसीले सम्हाले कायममुकायमको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानसेनापति अशोकराज सिग्देल आइतबार चीन प्रस्थान गरेका छन् ।
चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा सिग्देल बेइजिङ उडेका हुन् ।

सिग्देल १३औँ बेइजिङ सियाङसान फोरममा सहभागी हुनेछन् । उनी भदौ २८ देखि असोज १ गतेसम्म चीनमा रहने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा सिग्देलले सियाङसान फोरममा सहभागिता जनाउनुका साथै चीनसँगको सैनिक सम्बन्ध विस्तारका विषयमा समेत छलफल गर्नेछन् । नेपाली सेनाले उनको भ्रमणबाट दुई देशबीचको आपसी सैनिक सम्बन्ध थप विस्तार हुने र सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

चीन प्रस्थान गर्नुअघि जङ्गी अड्डामा सिग्देललाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले उनलाई बिदाइ गरेका थिए ।

सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छन् ।

नेपाली सेनाले प्रधानसेनापतिको चीन भ्रमणलाई नेपाल–चीन सैनिक सम्बन्धसँगै नेपालको सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउने अवसरका रूपमा लिएको छ ।