प्रधानसेनापतिको सक्रियता बढ्यो : राष्ट्रपति र प्रधानमन्त्रीसंग गरे गोप्य मन्त्रणा


काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न थापा सोमबार सांझ बालुवाटार पुगेका थिए । दुवैबीच एक घन्टा लामो छलफल भएको छ ।

प्रधानसेनापति थापाले आईतवार मात्रै शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसंग लामो छलफल गरेका थिए । भेटघाटको कारण भने खुल्न सकेको छैन ।

तर,भेटमा पछिल्लो राजनीतिक संकट र त्यसले उत्पन्न गर्न सक्ने सुरक्षा चुनौतीका बारेमा छलफल भएको हुन सक्ने बताइएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधीसभा विघटनबारे फैसला गर्ने दिन नजिक आउंदै गर्दा प्रधानसेनापति थापाले भेटघाटलाई तिव्र वनाएका छन् । कतिपयले अदालतले परमादेश जारी गरे राष्ट्रपति संकटकाल लागु गर्न सक्ने आंकलन गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि संसद पुर्नस्थापना भएपनि ढुक्क हुन सक्ने अवस्था नभएको भन्दै सचेत बन्न आग्रह गरेका थिए ।

प्रधानसेनापति थापा अवकासको मुखमा छन् । उनि साउन २४ मा विदा वस्ने तयारीमा छन् । थापापछि हालका बलाधिकृतरथी प्रभुराम शर्मा नेपाली सेनाको प्रधानसेनापति बन्दैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement