भारत र चीनपछि प्रधानसेनापति थापा अमेरिका भ्रमणमा जाने तयारीमा 


काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा  अमेरिका भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा व्रिटिस आर्म फोर्सले आयोजना गर्न लागेको पहिलो चोड वैठक र संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गर्ने तेस्रो चिफ अफ डिफेन्स कन्र्फेसमा सहभागी हुन् प्रधानसेनापति थापा आगामी सोमबार न्युयोर्क जाने कार्यक्रम छ । 

प्रधानसेनापति थापाले ४ सदस्यीय भ्रमण दलको नेतृत्व गर्ने सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ । भ्रमणको दौरान प्रधानसेनापति थापाले अमेरिकी सेनाका उच्च अधिकारीसंग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

थापाले अमेरिकी रक्षामन्त्रालयअन्र्तगत रहेको युएस आर्मड फोर्सका भाइस चेयरम्यान जोईन्ट चिफ अफ स्टाफ जनरल पावेल जे सेल्भासहित दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसंग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । उनले नेपाली सेना र अमेरिकी सेनाबीचको द्धिपक्षिय सैन्य सहयोगको विषयमा अमेरिकी  रक्षामन्त्रालयका उच्च अधिकारीसंग छलफल गर्नेछन् । त्यसका साथै नेपाली सेनाको शान्ति मिसनमा सहभागीताबारे राष्ट्रसंघ उच्च अधिकारीसंग समेत उनले भेटवार्ता गर्नेछन् । 

सेनाले यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र संघ तथा  मित्रराष्ट्र अमेरिकी सेना बीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छ ।

प्रधानसेनापति थापा श्रावण ०१ गते स्वदेश फिर्ता हने कार्यक्रम रहेको छ । प्रधानसेनापतिमा नियुक्त भएपछि थापाको यो तेस्रो विदेश भ्रमण हो । यसअघि उनले भारत र चीनको औपचारीक भ्रमण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
Advertisement