प्रधानसेनापति महिला फुटबलको उपाधि एपीएफको पोल्टामा


काठमाडौं – प्रधानसेनापति महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । भद्रकालीस्थित आर्मीको मुख्यालयको मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मीलाई दुई–शून्यले हराउँदै उपाधि एपीएफले उचाल्यो ।

एपीएफको जितमा सरु लिम्बू र रेखा पौडेलले एक–एक गोल गरे । खेलको छैटौं मिनेटमा सरुको गोलमा एपीएफले अग्रता बनायो । जुन अग्रता उसले पहिलो हाफसम्म कायम राख्यो ।

खेलको ८९ औं मिनेटमा एपीएफले अन्तर दुई–शून्यमा र्पुयायो । एपीएफका लागि रेखा पौडेलले दोस्रो गोल गरिन । त्यसपछि आर्मी खेलमा फर्कन सकेन र पराजित भयो । उपाधिसँगै एपीएफले तीन लाख रुपैयाँ पाएको छ दोस्रो भएको आर्मीले एक लाख ५० हजारमा चित्त बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement