प्रधानसेनापति शर्मा स्वदेश फर्किए, अमेरिका भ्रमणमा कुनै सम्झौता भएन


काठमाण्डु-  प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन् । दुई हप्ता लामो विदेश भ्रमण सकेर शर्मा आइतबार सांझ स्वदेश फर्किएका हुन् । उनि गत असार ४ गते लेबनान, सिरिया र अमेरिकाको भ्रमणमा गएका थिए ।

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा संयुक्त राष्ट्र संघीय मिसनका विविध पक्ष एवं भावी योजनाका बारेमा जानकारी लिने उद्देश्यले प्रधानसेनापतिले लेबनान र सिरियाको भ्रमण गरेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति शर्मा लेबनान र सिरियाको भ्रमण पश्चात असार १३ देखि अमेरिका गएका थिए । प्रधानसेनापति शर्माले अमेरिका भ्रमणको क्रममा उच्च अधिकारीहरुसंग भेटवार्ता गरेका थिए । उनको भ्रमणमा कुनै सम्झौंतामा भने हस्ताक्षर भएन ।

प्रतिक्रिया दिनुहोस
Advertisement