टिम बनाउंदै प्रधानसेनापति, तीन उपरथीको काज सरुवा


काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो टिम बनाउन सुरु गरेका छन् । सेनापति शर्माले तीन जना उपरथीको सरुवा गरेका छन् । उपरथीहरु अनन्त कार्की, अशोक सिग्देल र विज्ञानदेव पाण्डेको सरुवा भएको हो ।

कार्कीको नीति तथा योजना महानिर्देशनालयबाट सेनाको प्रतिरक्षा विश्वबिद्यालयमा काज सरुवा भएको छ भने उपत्यका कमाण्डका कमाण्डर रहेका सिग्देललाई नीति तथा योजनामा सरुवा गरिएको छ । सिग्देल यसपछिका प्रधानसेनापतिका दावेदार समेत हुन । कार्की यसअघि सेनाको पूर्वी पृतनामा पृतनापति हुंदा विवादमा आएका थिए ।

सैनिक स्रोतले दिएको जानकारीअनुसार यसपटक पनि सैनिक मुख्यालयभित्र रहेको सिद्धार्थ क्लवभित्र त्यस्तै प्रकृतिको अनुशासनविपरित काम गरेको भन्दै उनि त्यहांबाट सरुवा भएका हुन ।

प्रतिरक्षा विश्वविद्यालयमा रहेका पाण्डेको शोध तथा विकास महानिर्देशालयमा सरुवा भएको छ । उनि हाल अमेरिकामा तालिम गरिरहेका छन् । हाल सुरक्षा परिषदको सचिवालयमा सह संयोजकको रुपमा कार्यरत उपरथी सहदेव खड्कालाई सम्भार विभागमा ल्याउने तयारी भएको सैनिक स्रोतको दावी छ । त्यसैगरी सैनिक गूप्तचर प्रमुखको विकल्प खोज्ने तयारीमा प्रधानसेनापति लागेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement