प्रधानसेनापतिबाट श्रेष्ठलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान


काठमाडौं– नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति  भएका सहायक रथी निरञ्जन कुमार श्रेष्ठले दज्र्यानी चिन्ह लगाएका छन् । जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दज्र्यान्ही चिन्ह प्रदान गरेका हुन् । 

निरीक्षण निर्देशनालयका निर्देशक रहेका श्रेष्ठ गत वैशाख २३ गते बसेको मन्त्रीपरिषद्को वैठकबाट उपरथीमा बढुवा भएका थिए ।   उपरथी श्रेष्ठलाई उपत्यका पृतनाको पृतनापतिको जिम्मेवारी दिईएको छ । 

 

प्रतिक्रिया दिनुहोस
Advertisement