कोकाकोलाको मिनी प्याक जिग्री बजारमा


काठमाडौं – कोकाकोलाले बजारमा नयाँ प्याक सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पेय पदार्थ कोकाकोलाले कोकाकोला मिनी प्याक ‘जिग्री’ सार्वजनिक गरेको हो ।

‘जिग्री’ ब्राण्ड एम्बासेडर नेपाली चलचित्र जगतका सुपर स्टार अनमोल केसी र नायिका प्रियंका कार्कीले सार्वजनिक गरेका थिए । कम्पनीले ‘हात हातमा कोकाकोला, साथमा जीग्री’ योजना अन्तरगत कोकाकोला २५० एमएलको नयाँ प्याक ल्याएको हो ।

उकाली ओराली, घुम्दा बस्दा र साथी भाइसँग रमाइलो गर्दा जहाँ पनि सजिलै राख्न, बोक्न र लिन सकिने गरी सानो आकारको बोतलमा कोकाकोला ल्याएको कम्पनीले बताएको छ ।

मूल्यका हिसाबले समेत मितव्ययी रहेको कम्पनीले दाबी गरेको छ । जिग्रीको मूल्य प्रति बोतल ४० रुपैयाँ राखिएको छ । ‘चिसो भनेकै कोकाकोला’ नारामा बजारको अग्रपंक्तिमा रहेको कोकाकोलाले नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै आफ्नो नयाँ प्याकेज सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement