कम्बोडियाबाट थप ४६ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

कम्बोडियाबाट थप ४६ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अवैध रूपमा कम्बोडियामा बसेका ४६ जना नेपालीलाई स्वदेश फिर्ता गरिएको छ ।थाइल्याण्डस्थित नेपाली राजदूतावासले ४६ जना नेपालीलाई कम्बोडियाबाट उद्धार गरि स्वदेश फिर्ता पठाएको हो ।

प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र कम्बोडियामा बिनाभिसा बसिरहेका ४६ जना नेपालीको उद्धार गरिएको दूतावासले जनाएको छ ।

दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपालीहरूलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ ।

तथ्याङ्कअनुसार सन २०२१ देखि सन २०२५ सम्म २१ हजार ९८ जना नेपालीहरू कम्बोडिया गएको पाइएको छ ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्वोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि पनि राजदूतावासले सम्बन्धित सबैमा अनुरोध गरेको छ।

गत चैत ५ गते २० जना, चैत १८ गते ८ जना , चैत १६ गते १२ र फागुन २९ गते २१ नेपाली नागरिकको कम्बोडियाबाट उद्धार गरिएको थियो।