‘कमेडी च्याम्पियन’को प्रोमो सार्वजनिक


काठमाडौं – पहिलो पटक नेपालमा हुन लागेको ‘कमेडी च्याम्पियन’को प्रोमो सार्वजनिक भएको छ ।

यही मंसिर ९ गतेबाट प्रशारण हुने ‘कमेडी च्याम्पियन’ शो कान्तिपुर टेलिभिजन र रेडियो अडियोबाट ९ देखि १० बजेसम्म प्रशारण हुने आयोजकले जनाएको छ । सार्वजनिक प्रोमोमा चार जना निर्णायकसँगै दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी लगायत कलाकार छन् ।

‘कमेडी च्याम्पियन’को निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई रहनेछन् । डिजिटल अडिसन भइसकेको कार्यक्रमलाई विशाल भण्डारीले निर्देशन गहिररहेका छन् भने कार्यक्रमको होस्ट रिमा विश्वकर्मा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement