ऋचाले कमेडी च्याम्पियन छोड्दै, को आउला नयाँ निर्णायक ?


काठमाण्डु – लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ की निर्णायक ऋचा शर्माले शो छाड्ने भएकी छन् ।

उनी आमा बन्ने मिति नजिकिँदै गएपछि उनले शो छाड्ने भएकी हुन् । ऋचाले शनिबार कार्यक्रममार्फत आफुले अब निर्णायकको रुपमा नरहने जानकारी गराएकी हुन् । ऋचा सेप्टेम्बर महिनामा आमा बन्दैछिन् ।

उक्त शोमा ४ जना निर्णायक छन् । जसमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई रहेका छन् । उनीहरु पहिलो सिजनबाट नै यो शोको निर्णायकको रुपमा छन् । ‘कमेडी च्याम्पियन २’ अन्तिम ५ मा पुगिसकेको छ । शो अन्तिम ५ मा पुग्दै निर्णायक शर्माले भने यो शो छाड्ने भएकी हुन् ।

ऋचाले यो शो छाड्ने बताएसँगै उनको स्थानमा को आउला नयाँ निर्णायक भन्ने चासो बढेको छ । शोका निर्देशक विशाल भण्डारीले भने अतिथी निर्णायकलाई कार्यक्रममा सहभागी गराइने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement