कङ्गोमा १९ जना सर्वसाधारण मारिए


एजेन्सी –  प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विद्रोही समूहले गए राति गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

उत्तरी किभुको पूर्वी प्रान्तस्थित किरिन्द्रा गाउँमा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका गभर्नर कार्ली न्जान्जुले आज पत्रकारलाई बताएका हुन् ।

एलाइड डेमोक्रेटिक फोर्सका विद्रोहीले स्वास्थ्य केन्द्रसहित गाउँका धेरै भवनमा आगजनी गरेका छन् । दशकौँदेखि बेनी क्षेत्रमा सक्रिय उक्त समूहले नागरिकलाई लक्ष्य गर्दै बारम्बार आक्रमण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement