काठमाण्डु- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता एनपी साउदले पार्टीभित्रको विवाद र महाधिवेशनको वैधानिकताबारे कडा गरेका छन्।
उनले शेरबहादुर देउवा नेतृत्वमा भएको १४औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए पार्टी अलग-अलग दिशामा जान सक्ने बताएका छन्।
साउदले विशेष महाधिवेशन र गगन थापा पक्षले गरेको नियमित महाधिवेशन दुवै विधिसम्मत नभएको दाबी गरे। देउवा अब पार्टी नेतृत्वमा नबस्ने उल्लेख गर्दै उनले अर्को पक्षका नेताहरूलाई सम्मानजनक स्थान दिने बताए।
‘देउवा दाइ अब नेतृत्वमा बस्नुहुन्न। उहाँहरूलाई सम्मानजनक ठाउँ दिन्छौँ,’ साउदले भनेका छन्।
उनले अग्रज नेताहरूको सम्मान नगरी कांग्रेस अगाडि बढ्न नसक्ने बताएका छन्। पार्टीको महाधिवेशनमा शीर्ष नेताहरूका लागि सम्मानजनक पद सिर्जना गरिने पनि उनले उल्लेख गरे।
कांग्रेसभित्र महाधिवेशनको वैधानिकता, नेतृत्व र पार्टीको आगामी संरचनालाई लिएर मतभेद कायम रहेका बेला देउवा इतर पक्षको जिल्ला अधिवेशन र साउदको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
देउवा इतर पक्षले काठमाडौं जिल्ला अधिवेशन कात्तिक २१ गते गर्ने भएको छ। उक्त अधिवेशनको उद्घाटन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन्।
देउवाको सचिवालयले दिएको जानकारीअनुसार जिल्ला अधिवेशनको उद्घाटन देउवाले गर्ने कार्यक्रम तय भएको हो।


प्रतिक्रिया