कांग्रेस वागमतीको सभापतिका लागि केहीबेरमा मतदान हुँदै


काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन वागमती प्रदेशको सभापतिकालागि केही बेरमा मतदान सुरू हुदै छ । दिउँसो १ बजे भित्र मतदान सुरू हुने बताइएको छ । पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि वागमती प्रदेश सभापतिका लागि पुनः मतदान हुन लागेको हो ।

सभापतिमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहले संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गरेको छ । यता पौडेल पक्षका उमेद्वार जगदिश्वर नरसिंह केसीले भने सिटौला समुहका मतदाताले आफुलाई सहयोग गर्नेमा विश्वस्त रहेको बताए । हिजो भएको मतदानमा संस्थापन पक्षका ईन्द्रबहादुर बानियाँले ९ सय ९२ , पौडेल पक्षका जगदिश्वर नरसिंह केसीले ८ सय ७२ र सिटौला पक्षका भीमसेनदास प्रधानले १ सय ९७ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस
Advertisement