सभापतिकाे साझा उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई


काठमाण्डु – नेपाली कांग्रेसक १४औं महाधिवेशनमा सभापतिका आकांक्षी ४ नेतालाई मनाउने ‘जिम्मा’ ३ नेताले पाएका छन् ।

मंगलबार र बुधबार दिनभरजसो छलफल हुँदा पनि सभापतिका लागि साझा उम्मेदवार छान्न नसकेपछि सो जिम्मेवारी नेताहरु अर्जुन नरसिंक केसी, महेश आचार्य र बलबहादुर केसीले पाएका हुन् ।

संस्थापन इतर पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

संस्थापन इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने भन्दै सोमबारदेखि नेताहरुबीच निरन्तर सामूहिक र छुट्टा–छुट्टै चलफल चलिरहेको छ । तर, सभापतिका आकांक्षीहरु आफ्नो अडानबाट पछि नहट्दा साझा उम्मेदवार तय गर्ने विषयमा सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement