प्रचण्डविरुद्धको मुद्दा सर्वोच्चले फौजदारीको रूपमा हेर्ने होइन : कांग्रेस


काठमाण्डु- नेपाली कांग्रेसले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने बताएको छ ।

सिंहदरबारमा बसेको सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलको बैठकपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायका विषयमा अदालतबाट छिनोफानो गर्नु ठीक नहुने बताएका हुन् ।

‘द्वन्द्वको बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट त्यसलाई सम्बोधन गर्नुपर्छ । त्यसमा हामीहरूको तर्फबाट पनि कमीकमजोरी भएको छ । तर, यसलाई संक्रमणकालीन न्यायको प्रबन्धबाटै गर्ने हो । यसलाई रेगुलर कोटबाट फौजदारीको रूपमा हेर्ने होइन ।’ लेखकले भने ।

लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतमा मुद्दा पर्नै नहुने भन्ने तर्क पनि ठिक नभएको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement