बागी उठेका गोविन्दराज जोशी र विकास कोइरालाको कारबाही फुकुवा गर्ने कांग्रेसको निर्णय


काठमाण्डु- नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्वसभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको अनुशासनको कारबाहीमा परेका उनीहरुमाथि कारबाही फुकुवा गर्ने निर्णय गरेको पार्टीका सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिए ।

‘बारा, चितवन र तनहुँको हकमा स्वतन्त्र उठेकाहरूको कारबाही फुकुवा भएको छ । यो वा त्यो व्यक्तिभन्दा पनि नीतिगत निर्णय गरेका हौँ। यसमा बागी र स्वतन्त्र उठ्नेहरू पर्नुभएको छ।’ उनले भने ।

२०७४ को निर्वाचनमा तनहुँ–१ मा तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए। तनहुँको सिफारिसमा २०७५ पुस २४ गते कारबाही गरेको थियो।

यस्तै तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध साविक चितवन क्षेत्र नम्बर ४ मा दोस्रो संविधानसभा चुनावमा विरुद्ध विकासले बागी उम्मेदवारी दिएका थिए।

सभापतिविरुद्ध बागी बनेपछि कांग्रेसले २०७० कात्तिक २ गते क्रियाशील सदस्यता खारेज गर्दै उनलाई कारबाही गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement