संस्थापन र इतर पक्षबीच ठुलै द्धन्द चर्किए पनि फुट्दैन कांग्रेस !


काठमाण्डु- नेपाली कांग्रेसभित्र फेरि विवाद बढेको छ । पछिल्लो समय संसदको सबै भन्दा ठूलो दल नेपाली काँग्रेस फेरि आन्तरिक किचलोमा फसेको हो ।

बारमबार कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा पक्ष र डा. शेखर कोइराला र गगन थापा पक्षबीच मनमुटाब हुने गर्दछ । शेखर गगन पक्षले आफूहरुमाथि सभापति देउवाले सधैँ अन्नाय गरेको आरोप लगाउदैँ आएको छ ।

यसैबीच पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागिताको विषयलाई लिएर काँग्रेसमा विवाद बढेको हो । संस्थापन पक्ष र शेखर कोइराला समूहका तर्फबाट कति जनालाई मन्त्री बनाउने भन्ने विषयमा विवाद हुँदा सरकारले पूर्णतासमेत पाउन सकेको छैन । यसभन्दा अघि पुस १० गते नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन फुट्दा पनि कांग्रेसभित्र आन्तरिक द्धन्द चर्किएको थियो ।

शेखर पक्षले सभापति देउवाको कमिकमजोरिका कारण गठबन्धन फुटेको आरोप लगाएको थियो । उक्त विवाद सेलाउदै जाँदा फेरि अर्को विषयले कांग्रेसमा प्रवेश पाएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन भत्काउन काँग्रेस एकजुट भएको थियो ।

संस्थापन र शेखर पक्षको त्यो एकता राष्ट्रपतिको चुनाव र सरकारलाई दिने विश्वासको मतसम्म कायमै रह्यो । फेरि अहिले कांग्रेसभित्र मन्त्रीको संख्यालाई लिएर आन्तरिक विवाद बढेको छ । शेखर पक्षले पार्टीको भागमा परेको ८ मन्त्रालयमध्ये ३ मन्त्रालय दिन सभापति देउवासँग माग राखेको छ ।

पार्टीभित्रको शक्ति सन्तुलन हेर्ने हो भने शेखर कोइराला समूहसँग ४० प्रतिशत भन्दा बढी छ । संसदभित्र हेर्ने हो भने १ तिहाई मात्रै छ । पार्टीभित्रको हैसियत अनुसार कोइराला पक्षले ३ वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको हो । तर, सभापति देउवा भने कोरालाई पक्षलाई दुई मन्त्रालय भन्दा बढी नदिने रणनीतिमा छन् ।

तर, कोइराला पक्षले भने ३ मन्त्रालय नै पाउनुपर्ने अडान राखेको छ । यसबारेमा सभापति देउवासँग कोइराला समुहले पटक पटक छलफल गरेको छ । तर, देउवाले पनि कोइराला पक्षको माग वेवास्ता गर्दै आएका छन् । नेपाली काँग्रेसको यो विवाद विगत इतिहासलाई हेर्दा सामान्य लाग्छ । यसभन्दा अघि पनि कांग्रेसभित्र संस्थापन र इतरपक्षबीच विवाद हुन्थ्यो ।

कोइराला पक्षले सभापतिले पार्टीको विधान अनुसार काम नगरेको भन्दै चर्को विरोध गरेको थियो । तर, जति धेरै विवाद चर्किए पनि नेपाली कांग्रेस  फुटेको छैन् । पटक-पटक दुई पक्षबीच द्धन्द चर्किए पनि पछि भने एकै ठाउमा उभिएका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement