कांग्रेसमा बल्झिँदै पदाधिकारी विवाद


काठमाडौँ- नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने विषयलाई लिएर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबचि विवाद सुरु भएको छ ।

पार्टीको महाधिवेशन भएको दुई बर्ष वित्दासमेत पदाधिकारीसहित केन्द्रीय समितिले पुर्णता पाउन नसकेको कांग्रेसमा पदाधिकारीको संख्या थप थगर्ने विषयमा नेताहरु पक्ष र विपक्षमामा विभाजित भएका हुन् ।

सभापति देउवा पार्टीलाई नयाँ संविधानअनुसार संघीय संरचनामा लैजान महासमिति बैठकमार्फत विधान संशोधन गरेर पदाधिकारी बढाउने पक्ष्मा छन् । तर, नेता पौडेल संविधानअनुसार पार्टीलाई संघीय संरचनामा लैजान तयार देखिए पछि पदाधिकारी थप्न राजी छैनन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement