ठूलो दल कांग्रेसकै नेतृत्वमा सरकार बनाउने चर्चा सुरु


काठमाण्डु – प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न चर्चा सुरु भएको छ ।

कांग्रेस नेता डा. शेखर कोइरालाले ठूलो दलको रूपमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सकिने हो कि होइन भनेर जिज्ञासा राखेका छन् ।

नेपाल निजामती कर्मचारी युनियनले गरेको कार्यक्रममा कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार आफूहरूको हो कि होइन भन्ने प्रश्न उठेको बताए ।

उनले ठूलो दलको रूपमा कांग्रेस सरकारको नेतृत्व गर्न हकदार रहेको बताए । कांग्रेस सरकारमा भए पनि प्रधानमन्त्री मात्रै हाबी भएको गुनासो उनले गरे ।

‘हामी सरकारमा छौं । मन्त्री पनि छौं । ९० जना त सांसद नै छौं तर पनि सरकार हाम्रो हो भन्ने महसूस भइरहेको छैन,’ उनले सोधे, ‘संसदीय प्रणालीमा प्रधानमन्त्री नै सर्वेसर्वा हुने हो तर न हाम्रा मन्त्रीको कुरा सुनिएको छ, न कांग्रेसले लिएका मन्त्रालयको कर्मचारीको नै समस्या सुनिएको छ । ठूलो दलको रुपमा कांग्रेसले सरकारको नेतृत्व लिन सक्ने हो कि होइन ?’

कोइराला लगायत अन्य नेताहरूले पनि सार्वजनिक रूपमै प्रचण्ड सरकारप्रति गुनासो पोख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement