कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मालाई भूकम्प प्रभावित क्षेत्र पठायो


काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बुधबार भूकम्प प्रभावित क्षेत्रतर्फ गएका छन् । कांग्रेस पार्टी कार्यालयका अनुसार महामन्त्रीद्वय थापा र शर्मा भूकम्प प्रभावित क्षेत्र जाजरकोट गएका हुन् ।

उनीहरू पार्टीको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ का तर्फबाट त्यहाँ गएका हुन् । जसअनुसार उनीहरुले उद्धार कार्य तदारुक र प्रशंसनीय ढङ्गले भए पनि राहत सामग्री अझै पनि कयौँ पीडितमा नपुगेको भनेर सञ्चार माध्यम मार्फत उजागर भएको अवस्थामा कमजोरीहरूको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement